सुन्दरहरैंचा / मोरङकाे सुन्दरहरैंचा नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १ लाख ५१ हजार रुपैयासहित ६ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वकाे टाेलीले शुक्रबार राति सुन्दरहरैंचा नगरपालिका १० विराटचौक स्थित सुशील कुमार काफ्लेको घरमा छापा हानेकाे थियाे ।

जुवाजन्य खलिरहेको अवस्थामा ३ बुक ताससहित ३७ वर्षीय सुशील काफ्ले, ३० वर्षीय सुमन ढकाल, ३४  वर्षीय कृष्णबहादुर कार्की, ३७ वर्षीय भीम कार्की , ४८ वर्षीय सरोज न्यौपाने र केराबारी गाँउपालिकाका ३८ वर्षीय गोविन्द बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काफ्लेको घरकाे दोस्रो तल्लामा तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट प्रहरीले  १ लाख  ५१ हजार २ सय २५ रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेकाे छ ।