सुन्दरहरैँचा / मोरङको पथरीशनिश्चरे नगरमा केही दिन यता चोरको बिगबिगी बढ्दै गएको छ। पछिल्लो दिनमा मात्रै कासाको थाल, लोटा करुवा चोरी गरि बेच्ने र किन्नेलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । छिमेकीहरुको समान चोरी गरी बेच्ने पथरीशनिश्चरे ४ जरायो टोलका सुनिल राई सहित ४ जनालाई पक्राउ गरेको हो ।सुनिलले बिभिन्न ब्यात्तीहरुको घरबाट ८ थान काँसाको लोटा, ७ थान करुवा, ४ थान काँसाको थाल को १४ प ४२० नम्बरको मोटरसाइकल चोरी गरि बेचेको र किन्ने मान्छे सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका अनुसार किन्ने मानिसहरुलाई पनि पक्राउ गरि म्याद थप गरिएको तर नाम भने गोप्य
इटहरी । चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा एक महिने मिनी महोत्सव २०८० सुरु भएको छ । इटहरी फुटवल क्लवको आयोजनामा यही कार्तिक ४ गते देखि आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी मिनी महोत्सव जारी रहेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिदै आएको मेला संचालक कपिल गुरुगंले ज
इटहरी । देशकै सर्वउत्कृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत भई सकेको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २८ औं स्थापना विभिन्न कार्यक्रम गरी सम्पन्न गरेकोे छ । सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान,पुरस्कृत,सास्कृतीक कार्यक्रमका साथै संस्था स्थापनाको २८ वर्ष प्रवेश गरेको अवसरमा केक काटेर मनाएको हो ।
सुन्दरहरैँचा / सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दहले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित हात पारेको छ ।आइतबार भएको खेलमा सातबाघ पराजित हुदाँ हसहन्दले पहिलो जित हात पारेको छ । टस हारेर ब्याटिङ गरेको हसन्दहले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १७८ रन बनाएको थियो । जसमा अनुप श्रेष्ठले अर्धसतकिय पारी खेले गरे । उनले अभिजित ८५ रनको योगदान गरे । सबिन धमलाले ४८ र दिपक पासवानले १३ रन बनाए । सातबाघका फिर्दोस अन्सारी, सिदार्थ धिमाल र आयुस अधिकारीले १-१ बिकेट लिए । १७९ रनको लक्ष्य लिएर मैदान उत्रिएको सात बाघले २० ओभरमा ७ बिकेट गुमाएर १५० रन बनाएका थिए । पवन जैसवाल ४६ रन बनाएर
सुन्दरहरैँचा / झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ ।संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसीबोका काठमाडाैंसम्म लगेर बिक्री ग
सुनसरी / सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका ४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका - २, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् । छयाङ्कुटी(दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक-पटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् । पीडितहरुले दसैँमा पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले आयोजनाको निर्माण सामग्रीमा ढुवानी अवरोध गरी आ
झापा / स्कुटर दुर्घटनामा गत साता घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।कात्तिक ३ गते अर्जुनधाराको मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा स्कुटर चालक अर्जुनधारा ३ की ३५ वर्षीया माया अर्याल र पछाडि सवार सोही ठाउँकी ५२ वर्षीया विष्णुमाया खतिवडा घाइते भएका थिए । घाइतेहरुलाई बिर्तासिटी हस्पिटल लगिएको थियो ।घाइतेमध्ये खतिवडाको उपचारका क्रममा हिजो दिउँसो १ बजे मृत्यु भएको हो । अर्का सामान्य घाइते अर्याल उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्त
मोरङ / मोरङको रतुवामाई नगरपालिकामा नाबालक छाेरा र आमा आफ्नै घरभित्र झुण्डिएकाे अस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ४ बजे नगरपालिका-६ स्थित किसन हस्दाको श्रीमती र ३ वर्षीय छोरा घरमै झुण्डिएकाेअवस्थामा मृत भेटिएका हुन् । जस्तापाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । घरबाहिर रहेका किसनले अपरान्ह घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । छाेरालाई झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेकाे हुन
सुनसरी / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर- ५ लुक्वामा घर आगलागी हुँदा प्रन्ध लाखको क्षति भएको छ ।लुक्वाका निवासी चिरञ्जीवी खड्काको घर आगलागी हुँदा प्रन्ध लाख भन्दाबढिको क्षति भएको छ । घरमा भएको लत्ताकपडा,नगद,जिन्सी सामन , सुन,चादी,मकै,धान लागाएत सम्पूर्ण सामन जलेर नस्ट भएको छ । यस बिपदमा यस वडा कार्यालय दुखित भएको छ । तत्कालका लागि आवश्यक सामग्री गाउँपालिकाकार्यालय बाट उपलब्ध भएको छ । थप राहतका लागि गाउँपालिका कार्यालय ,वडा कार्यालय र सहयोग अभियानमा हातेमालो गरेर सहयोग गरिने भएको पाँच नम्बर वडा कार्यालयले जनाएको छ ।
सुनसरी / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ स्थितका ५० बर्षीय सितल बहादुर राईको हत्यामा संलग्न २ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानिय ५५ बर्षीय धरन बहादुर राई र ३५ बर्षीय समित कुलुङ रहेका छन् ।शुक्रबार राती सवा १० बजे मादक पदार्थ सेवन गरेर बादबिबाद संगै भएको झै-झगडामा घाईते भएका सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा अन्य कानूनी प्रकृया भईरहेको छ भने नियन्त्रणमा लिएको दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.