सुनसरी / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर- ५ लुक्वामा घर आगलागी हुँदा प्रन्ध लाखको क्षति भएको छ ।
लुक्वाका निवासी चिरञ्जीवी खड्काको घर आगलागी हुँदा प्रन्ध लाख भन्दाबढिको क्षति भएको छ । घरमा भएको लत्ताकपडा,नगद,जिन्सी सामन , सुन,चादी,मकै,धान लागाएत सम्पूर्ण सामन जलेर नस्ट भएको छ ।
यस बिपदमा यस वडा कार्यालय दुखित भएको छ । तत्कालका लागि आवश्यक सामग्री गाउँपालिकाकार्यालय बाट उपलब्ध भएको छ । थप राहतका लागि गाउँपालिका कार्यालय ,वडा कार्यालय र सहयोग अभियानमा हातेमालो गरेर सहयोग गरिने भएको पाँच नम्बर वडा कार्यालयले जनाएको छ ।



