सुन्दरहरैँचा / मोरङको पथरीशनिश्चरे नगरमा केही दिन यता चोरको बिगबिगी बढ्दै गएको छ।
पछिल्लो दिनमा मात्रै कासाको थाल, लोटा करुवा चोरी गरि बेच्ने र किन्नेलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । छिमेकीहरुको समान चोरी गरी बेच्ने पथरीशनिश्चरे ४ जरायो टोलका सुनिल राई सहित ४ जनालाई पक्राउ गरेको हो ।
सुनिलले बिभिन्न ब्यात्तीहरुको घरबाट ८ थान काँसाको लोटा, ७ थान करुवा, ४ थान काँसाको थाल को १४ प ४२० नम्बरको मोटरसाइकल चोरी गरि बेचेको र किन्ने मान्छे सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार किन्ने मानिसहरुलाई पनि पक्राउ गरि म्याद थप गरिएको तर नाम भने गोप्य राखिने बताइएको छ ।


