धनकुटा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले धनकुटाका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

मन्त्री पराजुली आन्तरिक मामिला तथा कानुनमन्त्री रहँदा प्रहरी चौकीहरूको निर्माण तथा मर्मत सुधारका लागि विनियोजित बजेटअन्तर्गतका कार्यक्रमको अवस्था बुझ्न अनुगमन गरिएको हो।

IMG-20261025-WA0115

अनुगमनका क्रममा मन्त्री पराजुलीले प्रहरी कार्यालयहरूको भौतिक अवस्था तथा कार्यसम्पादनबारे जानकारी लिनुभएको थियो। प्रहरी चौकीको पूर्वाधार सुधार र प्रहरी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले निरीक्षण गरिएको जनाइएको छ।

IMG-20261025-WA0116

अनुगमन टोलीमा धनकुटाका विभिन्न पालिकाका जनप्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारलगायत सहभागी थिए।

IMG-20261025-WA0118