इटहरी स् मानव अधिकारको संरक्षण र सामाजिक न्यायका पक्षमा क्रियाशील मानव अधिकार तथा शान्ति समाजको झापा शाखाको नेतृत्व मोहन अधिकारीले पाएका छन्।

सम्पन्न शाखाको साधारण सभाले अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित समितिको उपसभापतिमा हिमा लुइटेल, सचिवमा प्रेमप्रकाश भण्डारी, सहसचिवमा राकेशप्रसाद शाह र कोषाध्यक्षमा निर्मला रिमाल चयन भएका छन्।

त्यसैगरी, सदस्यमा लक्षेन्द्र यादव, रञ्जिता पुरी दाहाल, रेणुका कुँवर, हरिप्रसाद रिमाल, लक्ष्मी परियार र दिवाकर बराल चयन भएका छन्। समितिमा थप चार सदस्य मनोनयन गरिने जनाइएको छ। सभाले प्रकाश दाहाल, रमेशकुमार दाहाल र खड्गकुमारी तिम्सिनालाई सल्लाहकारको जिम्मेवारी दिएको छ।

केन्द्रीय पर्यवेक्षक तथा संस्थापक सदस्य लिलानाथ खनाल प्रमुख वक्ता रहेको सभाको अध्यक्षता प्रकाश दाहालले गरेका थिए। नयाँ कार्यसमिति चयनका लागि गठित निर्वाचन समितिको संयोजकमा टिकेन्द्र खनाल रहेका थिए। सभामा शान्ति समाजका पूर्वकेन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति तथा संस्थाका आजीवन र साधारण सदस्यहरूको सहभागिता थियो।

नयाँ नेतृत्वले मानव अधिकारको रक्षा, शान्ति प्रवर्द्धन र सामाजिक न्यायका क्षेत्रमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।