इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा सुरु भएको Bajaj को ‘दशैं धमाका–Game of Power’ एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण बढ्दै गएको छ। पुरानो मोटरसाइकलको उचित मूल्यांकनसहित नयाँ Bajaj मोटरसाइकल खरिद गर्ने अवसर पाएपछि ग्राहकहरू खुसी हुँदै फर्किन थालेका छन्।
इटहरीको पूर्वलाइनस्थित तालतलैया जाने गेट अगाडि सञ्चालन भइरहेको मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल ल्याएर मूल्यांकन गराउने र नयाँ Bajaj मोटरसाइकलसँग एक्सचेन्ज गर्ने सुविधा लिइरहेका छन्। दशैंको अवसरमा नयाँ मोटरसाइकल चढ्ने चाहना राखेका ग्राहकका लागि मेला आकर्षक गन्तव्य बनेको छ।
मेलामा पुरानो मोटरसाइकलको उच्चतम मूल्यांकन (Highest Valuation), नयाँ मोटरसाइकल खरिदमा न्यूनतम ईएमआई (Lowest EMI), तत्काल फाइनान्स सुविधा (On-the-Spot Finance) र निःशुल्क हेल्मेटलगायतका सुविधा उपलब्ध गराइएको छ।
मेलामा सहभागी हुन उदयपुरलगायत विभिन्न स्थानबाट ग्राहकहरू इटहरी आइपुगेका छन्। पुरानो मोटरसाइकलको मूल्यांकन गराएर एक्सचेन्ज सुविधा लिन पाउँदा ग्राहकहरू सन्तुष्ट देखिएका छन्।
सञ्चालक जयन्त सन्थलियाका अनुसार दशैंको अवसरमा ग्राहकलाई पुरानो मोटरसाइकलको उचित मूल्यांकनसहित नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सहज होस् भन्ने उद्देश्यले मेला सञ्चालन गरिएको हो। ग्राहकको आकर्षण र सहभागिताले मेलालाई थप उत्साहजनक बनाएको उनले बताए।
बाइट : एक्सचेन्ज सुविधा लिएका ग्राहक
Bajaj को ‘दशैं धमाका–Game of Power’ मेला असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ। पुरानो मोटरसाइकल एक्सचेन्ज गरेर नयाँ Bajaj मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले इटहरी पूर्वलाइनस्थित मेला स्थलमा पुगेर उपलब्ध सुविधाबारे जानकारी लिन सक्नेछन्।


