इटहरी स् रोङगाउँपालिकाले आधुनिक कृषि प्रविधि, ज्ञान, सीप तथा व्यवस्थापनको अध्ययन र प्रशिक्षणका लागि गुरु किसान सुरेश खेवा लिम्बूलाई चीन पठाउँदैछ।
रोङ–४ का लिम्बू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्दैछन्। चीनस्थित कृषि विश्वविद्यालय र रोङ गाउँपालिकाबीचको समन्वयमा हुने भ्रमणका क्रममा उनले आधुनिक खेती प्रणाली, कृषि प्रविधि, उपकरण तथा व्यवस्थापन पद्धतिको प्रत्यक्ष अध्ययन गर्नेछन्। गाउँपालिका अध्यक्ष मणि कुमार स्याङ्बोको चीन भ्रमणका क्रममा भएको पहलअनुसार लिम्बूलाई चीन पठाउन लागिएको हो। चीनबाट सिकेको ज्ञान तथा सीप रोङका अन्य किसानसम्म पुर्याउने गाउँपालिकाको लक्ष्य छ।
रोङ का रूपमा विकास गर्ने उद्देश्यले चीनको अनुदान सहयोगसम्बन्धी सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ।आगामी दिनमा थप किसानलाई समेत चीन पठाउने तयारी रहेको छ।


