इटहरी। समुदायमा हुने विपद्का घटना तथा जोखिमलाई तत्काल न्यूनीकरण गर्दै विपद्को समयमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले लियो क्लब अफ बाँसबारीले विपद् व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ।

लायन्स क्लब अफ बाँसबारीको सहयोगमा आयोजित कार्यक्रममा विपद्का समयमा उद्धार तथा राहत कार्यमा प्रयोग हुने आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीले समुदायमा विपद्का घटना हुँदा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष देभ न्यौपानेले जानकारी दिए।