इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय पछाडि कुबेर चोक नजिकै ‘मकालु अर्गानिक मार्केट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
चर्चित हास्यकलाकार ‘फुलन्देको आमा’ अर्थात् उमेश राईले एक कार्यक्रमबीच रिबन काटेर मार्केटको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै कलाकार उमेश राईले पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने अर्गानिक खाद्यवस्तु उपभोक्ता सम्म पु¥याउन सुरु गरिएको यस व्यवसायले स्वस्थकर खानपानको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मार्केटको उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभयो। मकालु अर्गानिक मार्केटका सञ्चालक भोगेन्द्र याम्फु राईले पहाडी तथा हिमाली भेगका मौलिक, स्वस्थकर र गुणस्तरीय खाद्य सामग्रीहरू उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो।
‘मकालुदेखि विश्वसम्म’ भन्ने सोचका साथ अघि बढाइएको यस मार्केटमा पहाडी भेगको प्रसिद्ध असला माछा सहित विभिन्न अर्गानिक उत्पादनहरू उपलब्ध हुनेछन्। स्थानीय उत्पादनलाई बजारसँग जोड्दै यसको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । सञ्चालक राईले व्यवसायलाई थप विस्तार गर्ने योजना अनुसार आगामी दसैँ–तिहार लगत्तै मोरङको गछियामा पनि मकालु अर्गानिक मार्केटको शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो। गछियामा शाखा विस्तार भएपछि सुन्दरहरैंचा तथा आसपासका क्षेत्रका उपभोक्ताले समेत पहाड र हिमालका अर्गानिक उत्पादनहरू सहजै खरिद गर्न सक्नेछन्। कार्यक्रममा एसएस क्याफे एन्ड रेस्टुका सञ्चालक सुमन याख्खा र सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजु राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उहाँहरूले मौलिक खाद्यवस्तुको बजार विस्तार, अर्गानिक उत्पादनको प्रवद्र्धन र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सुरु गरिएको यो व्यवसायले आगामी दिनमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय स्तरमा सुरु भएको यस मार्केटले आगामी दिनमा आफ्ना सेवा र पहुँच अझै विस्तार गर्ने अपेक्षा गरिएको छ ।


