इटहरी। धनकुटामा ग्यासको अभाव देखिएपछि आपूर्तिलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले ग्यास डिलर तथा बिक्री केन्द्रको निरन्तर अनुगमन गरिरहेको छ । कालोबजारी हुन सक्ने र सेवाग्राहीलाई मार पर्ने भएकाले प्रशासनले निरन्तर अनुगमन गरिरहेको हो ।

अनुगमन टोलीले धनकुटा बजारमा रहेका विभिन्न ग्यासका डिलर र बिक्री केन्द्रमा चार दिनदेखि लगातार अनुगमन गरिरहेको छ । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीसहितको प्रहरी टोली र कर्मचारीले संयुक्त रूपमा अनुगमन गरिरहेको हो । अनुगमनका क्रममा डिलरमा ग्यासको आपूर्ति कम भएको, कम्पनीले आवश्यकभन्दा थोरै ग्यास पठाएको पाइएको छ । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले कालोबजारीका कारण सेवाग्राहीले बढी पैसा तिरेर लानुपर्ने हुँदा थम समस्यासमेत भएकाले सहज परिस्थिति बनाउन अनुगमन गरिएको बताउनुभयो । आधा सिलिन्डर ग्यास आउँदा पटक पटक आइरहने हुँदा सहज भएको तर भरी आउँदा ढिला गरी आउने हुँदा थप समस्या भएको हो । अनुगमनका टोलीले डिलर तथा विव्रmेतालाई सेवाग्राहीलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नदिनसमेत आग्रह गरेको छ ।  अनावश्यक भण्डार नगर्न र सेवाग्राहीलाई पुग्ने गरी समानुपातिक वितरण गर्न भनिएको सहायक प्रमखु जिल्ला अधिकारी न्यौपानेले उल्लेख गर्नुभयो । 

ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको विव्रmेता बताउँछन् । बजारमा ग्यास नपाउने हल्लाले सेवाग्राहीले ग्यास सञ्चय गरेको हुन सक्ने रिजाल ग्यास विव्रmेता तथा अधिकारी ट्रेडर्सका प्रोपाइटर होमप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार कम्पनीले पठाए अनुसार सेवाग्राहीलाई कति पुग्छ सो अनुसार आफूले वितरण गरेको बताउनुभयो । कम्पनीले कम मात्रामा ग्यास पठाए पनि वितरणमुखी ढङ्गबाट बिक्री गरिरहेको तर अन्य डिलरले कम ग्यास ल्याउँदा अभाव सिर्जना भएको उहाँ बताउनुहुन्छ । निशान इटरप्राइजेज तथा कोशी ग्यास डिलरका प्रोपाइटरले घरायसी कारणले आफूले कम्पनीबाट ग्यास ल्याउन नसकेको स्वीकार गर्नुभयो । अनुगमनका क्रममा सबडिलरबाट नभई डिलरबाट मात्रै ग्यास बिक्रीवितरण गर्न निर्देशन दिइएको छ । एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउन आग्रह गरिएको थियो ।