इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का केही प्रतिनिधि सभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकका गुनासो सुन्ने, सरकारी कार्यालयको अनुगमन गर्ने र सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन थालेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर–१ की प्रतिनिधि सभा सदस्य तथा रास्वपाकी सहमहामन्त्री निशा डाँगी र प्रतिनिधि सभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर विगत एक सातादेखि निर्वाचन क्षेत्रका पालिका, सरकारी कार्यालय र स्थानीय समुदायमा पुगेर नागरिकसँग प्रत्यक्ष संवादमा जुट्नुभएको छ । उहाँहरूले सेवा प्रवाहको अवस्था बुझ्नुका साथै नागरिकका गुनासा, सुझाव र अपेक्षालाई टिपोट गर्दै सम्बन्धित निकायसँग समन्वयको प्रयास गरिरहनुभएको छ ।
सर्वसाधारण जनताका अपेक्षा र निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरू पूरा गर्नका लागि आफू सधैँ प्रतिबद्ध रहेको झापा क्षेत्र नं। १ की प्रतिनिधि सभा सदस्य डाँगीले बताउनुभयो । झापा क्षेत्र नं। २ की प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरले बिर्तामोडको कृषिथोक बजार व्यवस्थापन, हात्ती समस्या, पूर्वाधार विकास, मलबिउ समयमा नपाएका गुनासा आएको बताउनुभयो । यस्तै झापा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य प्रकाश पाठक र क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य शम्भु सुस्केरा पनि पछिल्ला दुई दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा सव्रिmय हुनुहुन्छ । स्थानीयसँग भेटघाट, विकास आयोजनाको अनुगमन, सरकारी कार्यालयको निरीक्षण र जनताका समस्या सुन्ने कार्यमा उहाँहरू व्यस्त देखिनुभएको हो ।
झापाका प्रतिनिधि सभा सदस्यका लागि पाँच वटा निर्वाचन क्षेत्र रहेकोमा सबै रास्वपाले नै जित हासिल गरेको थियो । झापा क्षेत्र नं। ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेन्द्र शाह प्रधानमन्त्री हुुनुहुन्छ । कार्यव्यस्तताले उहाँ भने आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको छैन । उहाँको सम्पर्क कार्यालय भने दमकमा सञ्चालनमा रहेको छ ।


