इटहरी । बाँस ढाल्ने क्रममा करेन्ट लागेर पाँचथरको हिलिहाङ–७ मा एक जना नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचथरको हिलिहाङ गाउँपालिका–७, सम्नेवा निवासी ५८ वर्षीय डम्बर योन्जन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तामाङलाई घरायसी प्रयोजनका लागि बाँस काट्ने क्रममा करेन्ट लाग्दा घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो ।मृतकको शव घट्नास्थलको पकृति मुचुल्का पश्चात पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


