सुनसरी / सुनसरीको बराहक्षेत्र ५ मा रहेको मुनबिम एकेडेमीले विद्यालयको २१ औ वार्षिकोत्सव तथा अभिभावको दिवसको पहिलो दिन भव्य रुपमा सम्पन्न गरेको छ।
विद्यालयका फाउण्डर तथा शिक्षक यज्ञ बहादुर सुब्वाको सभाध्यक्षता र सुनसरी प्याब्सनका वरिष्ट उपाध्यक्ष रमेश कार्कीको प्रमुख आतिथ्यमा पहिलो दिनको कार्यक्रम राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रमेश कार्कीले विद्यार्थीले तयार पारेको रोबटिकद्वारा कार्यक्रमको उदघाटन गरेका थिए। पहिलो दिनको कार्यक्रम कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल विदुर चौलागाई बताए।

कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रभाव ,संस्कार संस्कृति झल्कने गीतमा नृत्य गरेका थिए भने र्याम्सप,गायन,नाटक,वक्तृत्व समेत प्रस्तुत गरेका थिए।कार्यक्रममा विद्यार्थीहरुले विज्ञान र कला प्रदर्शनी समेत राखिएको थियो।शिक्षिकाहरु र अभिभावसहितले आफ्ना प्रतिभा प्रस्तुत गरिएको कार्यक्रम निकै रोमाञ्चक बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रमेश कार्कीले विद्यार्थीहरुका प्रतिभा प्रस्फूटन गर्ने गराउने थलो विद्यालय भएकाले मुनबिम एकेडेमीले यस्ता कार्य गरिरहेको महशुस रहेको बताए।उनले नगर र जिल्ला स्तरी हरेक क्रियाकलापमा उत्कृष्ट गर्दै आइरहेकाले सुनसरीकै एक उत्कृष्ट विद्यालयका रुपमा परिचित रहेको पनि बताए।
दुई दिनसमम चल्ने कार्यक्रम भोलि कक्षा ४ देखि १० सम्मको रहने विद्यालयले जनाएको छ।



