इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको सेवा पूरा भएपछि बिहीबार विदाई गरिएको हो ।
विदाई कार्यक्रममा निर्वाचन प्रहरीलाई धन्यवाद पत्र सहित सम्मान गरिएको थियो । नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
जसमध्ये काठमाडौंमा ३ हजार ८ सय ५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५ सय ९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
त्यस्तै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरीलाई बिदाइ गरेको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार १ सय १० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो ।


