इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरीमा अलग–अलग स्थानमा मतगणना गरिने भएको छ । चार क्षेत्रकै छुट्टाछुट्टै स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार मतगणनाका निम्ति छुट्टै गणनास्थल तोकिएको छ । सुनसरी–१ को मतगणना धरानस्थित सभागृहमा गरिनेछ । 

सुनसरी–२ को मतगणना सदरमुकामस्थित शिक्षा तालिम केन्द्रमा गरिने कार्यालयले जनाएको छ । सुनसरी–३ को मतगणना दुहबीस्थित पशुसेवा तालिम केन्द्रमा गरिनेछ । 

सुनसरी–४ को गणना इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।