इटहरी। सुनसरीको झुम्का कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ । झुम्का कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेका हुन् ।

कारागारभित्र रहेको केन्द्रमा कुल १४९ मतदाता रहेकोमा सबैले कारागार भित्रैको मतदान केन्द्रमा सहभागी थिए । 

कैदीबन्दीको सहजताका लागि कारागारभित्रै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।