सृजना ठाकुर   -इटहरी । प्रतिनिधिसभा निर्वाचन फागुन २१ का दिन इटहरीमा सार्वजनिक र निजी सवारीसाधनमा कडाइ गरिएको छ ।

फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्वाचन आयोगको निर्णय अनुरुप कडाइ गरिएको हो।

नियमअनुसार केवल अत्यावश्यक सेवा सवारी र आयोगबाट पास प्राप्त सवारीलाई मात्रै आवतजावतको अनुमति दिइएको छ।

22

आज बिहानदेखि सहरका मुख्य सडकहरू शान्त देखिए । सामान्यतया व्यस्त मानिने चोक, बजार र मुख्य सडकहरूमा पनि सवारी चाप अत्यन्त कम छ । सुरक्षाकर्मीले पास र परिचयपत्र जाँच गरी सवारीलाई अनुमति दिइरहेका छन्।

WhatsApp Image 2026-03-05 at 4.19.12 PM

निर्वाचन सुरक्षाको जिम्मेवारीका लागि सहरभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिएको छ। आयोगले सहरबासीलाई मतदानमा सक्रिय सहभागी बन्न र नियम पालना गर्न विशेष अनुरोध गरेको छ ।

इटहरीका सडकहरू सामान्यतया शान्त छन् र सुरक्षा कडाइका कारण मतदान प्रक्रियामा अपरान्हसम्ममा व्यवधान देखिएको छैन ।