इटहरी । मोरङको सुन्दरहरैंचा–१२ निवासी बिनिता अधिकारीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै मिसेस नेपाल वल्र्ड २०२५ मा प्रतिस्पर्धा गरिरहेकी छन् । सुन्दरहरैंचाकी अधिकारीलाई जिताउन स्थानीयदेखि सम्पूर्णलाई भोटमार्फत सहयोग गर्न परिवार, आफन्त र शुभेच्छुकहरूले आग्रह गरेका छन् । रिबन इन्टरनेटको आयोजनामा यो कार्यक्रम गरिएको हो । प्रतियोगितामा जित्न भोटको ठूलो भूमिका रहने भएकाले अधिकारीको पक्षमा धेरैभन्दा धेरै भोट दिन अपिल गरिएको छ । यसका लागि मोबाइलमा खल्ति एप डाउनलोड गरी केवाईसी भेरिफाइ गरेर भोटिङ सेक्सनमा गई कन्टेस्टेन्ट नम्बर १६ बिनिता  अधिकारीमा भोट गर्न सकिने व्यवस्था गरिएको छ ।