सुनसरी / नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ऐतिहासिक २४औं राष्ट्रिय महाधिवेशन पश्चात अनेरास्ववियु सुनसरीको प्रथम पटक पदाधिकारी बैठक सम्पन्न भएको छ।
बैठक अनेरास्ववियु जिल्ला अध्यक्ष उज्वल सिग्देलको अध्यक्षता, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा सुनसरी इन्चार्ज रिजेन भट्टराईको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य चित्रमान राईको आतिथ्यतामा सम्पन्न भएको हो । बैठकले संगठनको आगामी कार्यतालिका निर्माण गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकका निर्णयहरू :
१. २४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवम् सुनसरी इन्चार्ज रिजेन भट्टराई र केन्द्रीय सदस्य चित्रमान राईलाई हार्दिक बधाई तथा शुभकामना दिने।
२. नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सञ्चालन गर्ने।
३. जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने।
४. सुनसरीका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई पहिचान गरी शैक्षिक सामग्री वितरण गर्ने।
५. नयाँ सदस्यता वितरण सक्रिय रुपमा सञ्चालन गर्नुका साथै प्रत्येक सदस्यले कम्तीमा एक वृक्षारोपण तथा संरक्षण अभियानमा सहभागी हुने।
६. संगठनलाई प्रविधिमैत्री बनाउन प्रत्येक महिनाको एक पटक डिजिटल बैठक सञ्चालन गर्ने।
बैठकले यी निर्णयमार्फत संगठनलाई थप सशक्त र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।


