इटहरी । मोरङको उर्लाबारी नगरपालिका–२ का दलितबाट महिला वडा सदस्य हेमकुमारी नेपालीको निधन भएको छ । उहाँको बिहीबार बिहान ८ बजे निधन भएको उर्लाबारी नगरपालिकाका प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिनुभयो । ५६ वर्षीया नेपाली लामो समयदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो । नेकपा ९एमाले० बाट २०७९ को स्थानीय निर्वाचनमा विजयी हुनुभएकी नेपालीको श्रीमान् तीन छोरी र एक छोरा हुनुहुन्छ ।

