इटहरी । सवारी दुर्घटना न्यूनीकरण गर्न धनकुटाका सवारी चालकहरुको आँखाजाँच गरिएको छ । नेपाल नेत्र ज्योति संघ, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको सहकार्यमा सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण गरिएको हो । धनकुटा बजारको जिरोप्वाइन्टमा सवारी चालकको निशुल्क आँखा तथा मापसे र लापसे जाँचगरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उक्तशिविरमा करिब १ सय २१ जना चालकको आँखा परीक्षण गरिएको छ। जसमा २५ जनालाई चस्मा वितरण गरिएको छ भने १६ जनालाई रिफर गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो। यस्तै शिविरमा ट्राफिक सचेतनामूलक बोर्डहरू पनि राखिएको छ। चालकको आँखा परीक्षण शिविरले सवारी दुर्घटनामा कमील्याउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।