इटहरी । बेलबारी जूनियर जेसीजको आयोजनामा सेयर मार्केट वर्कसप सम्पन्न भएको छ । वर्कसपमा क्षेत्र (क) भरीका अधिकांश शाखाहरुबाट करिब १ सय ५० बढीको उपस्थितिमा तालीम भएको थियो । कार्यक्रममा बिभिन्न शाखाका अध्यक्षहरु,जूनियर जेसीजका क्षेत्र (क) संयोजक गौरब कर्ण,बेलबारी जेसीजका पूर्व अध्यक्ष राजेन्द्रबहादुर अधिकारी, राजेश खत्री ,संस्थापक अध्यक्ष माधबराज थापा लगायत रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि बेलबारी बहुमुखीका प्रमुख भूपेन्द्र प्रसाद कोइराला र प्रमुख प्रशिक्षक शक्ति कोइराला रहनुभएको थियो । कार्यक्रम बेलबारी जूनियर जेसीजका अध्यक्ष सनम खतिवडा (राजा) को अध्यक्षतामा भएको थियो ।