इटहरी। धनकुटाको छथरजोरपाटी गाउँपालिका–६, स्थित सिँधुवा बजारबाट हिमश्रृङ्खलाको मनमोहक दृश्य देखिएको छ ।
पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीयस्थलका रुपमा चिनिने यस क्षेत्रबाट विभिन्न हिमश्रृृङ्खला साथै मनोरञ्जन दृश्यावलोकन गर्न सकिन्छ । धनकुटाको महालक्ष्मी नगरपालिका–९, स्थित आहाले गाउँसँगै देखिएको विभिन्न हिमालले मन लाभ्याउने गरेको छ । खुलेको मौसम विश्वकै हाचो अरुण उपत्यका समेत यहाँबाट देख्न सकिन्छ ।
समुद्र सतहदेखि करिब १९ सयदेखि २ हजार मिटरको उचाईमा रहेको छ । पछिल्लो समय धनकुटाको सिँधुवा पूर्वको पर्यटकीयस्थलका रुपमा चिनिन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न पुग्ने गरेका छन् ।


