इटहरी । सुनसरीको इटहरी २ का युवाहरू आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेको छन् । इटहरी २ शान्तिनगरमा रहेको क्रिएटिभ युवा समूहमा रहेका युवाहरूले आफ्नो ठाउँलाई भाइरल बनाउँदै सबैको नजरमा पर्ने अभियानमा जुटेको बताएका छन् । वन जङ्गललाई हराबरा बनाइ जङ्गललाई पर्यटकीय स्थल बनाउन रङ लगाइएको स्थानीय समाजसेवि रोशन अधिकारीले बताउनु भयो । चारकोशे जङ्गलमा हात्तीको आतंकलाई रोक्न साथै इटहरीको पर्यटकीय क्षेत्र तालतलैया जाने बाटोलाई पर्यटकीय स्थल बनाउने उदेश्यले रङरोहन गरिएको क्रिएटिभ युवा समूहका अध्यक्ष शान्तिराम तिवारीले बताउनु भयो । तरहराको पानिपिया हुँदै शान्तिनगर सामुदायिक बन समूहको आसपासमा रहेका रुखलाई रंग्याउने काम धमाधम भइरहेका छन् । यसरी युवाहरूको सामूहिक प्रयासमा काम गर्दा आफ्नो ठाउँ राम्रो हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको नजरमा पर्ने गरेको स्थानीय समाजसेवि राजु बस्नेतले जानकारी दिनुभयो । भाइरल बनाउन कै  लागि कृषि अनुसन्धान परिषद्को झन्डै १ किलोमिटर पर्खालमा समेत रङ लगाएर आकर्षक एव नेपाललाई चिनाउने चित्रहरू बनाउन लागेको बताउनुभयो  ।