इटहरी | इटहरीमा सञ्चालनमा रहेको वि वाइ डि स्वरुमले इलोक्टोनिक गाडीको एक्सचेञ्ज मेला आयोजना गरिरहेको छ ।
स्वरुमले माघ ९ गतेदेखि १२ गते सम्म इटहरीको पश्चिमी लाइन राजस्व ढाटको छेउमा आयोजना गरिएको हो । पुरानो गाडि एक्सचेञ्ज गरि ग्राहकहरूलाई नयाँ गाडी खरिद गर्ने उद्देश्यले मेला लगाएको हो । मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीको उचित मूल्याङ्कन गराई नयाँ गाडी किन्न सक्नेछन् ।
कम्पनिले एक्सचेञ्ज प्रक्रियालाई छरितो र सरल बनाउने व्यवस्था मिलाइएको छ भने मेलाको मुख्य आकर्षण भनेकै पुराना गाडीलाई प्रतिस्थापन गरी नयाँ इलेक्ट्रिक गाडीमा लगानी गर्न प्रेरित गर्ने वि वाइ डि स्वरुम इटहरीका म्यानेजर सुजन शर्माले बताउनु भयो ।
मेलामा ग्राहकहरूलाई विभिन्न विशेष अफरहरू उपलब्ध गराइएको छ । अफर अन्तर्गत, सहुलियत दरमा फाइनान्सिङ सेवा, विभिन्न बैंकहरू मार्फत सजिलो किस्ता सुविधा, र आकर्षक छुटहरूको व्यवस्था गरिएको छ । त्यस्तै, इच्छुक ग्राहकहरूले वि वाइ डिका गाडीहरूको टेस्ट ड्राइभ पनि गर्न सक्नेछन्।
यसले ग्राहकलाई गाडीको कार्यक्षमता र गुणस्तरबारे प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । वि वाइ डि कम्पनीले पर्यावरणमैत्री गाडी उत्पादनमा विशेष योगदान गरिरहेको छ भने गाडीहरूमा आधुनिक प्रविधि, इन्धनको कम खपत, र न्यून कार्बन उत्सर्जनलाई प्राथमिकता दिएको छ ।
मेला व्यापारिक गतिविधिको लागि मात्र नभई, इटहरी र आसपासका बासिन्दालाई वातावरण संरक्षणप्रति जागरूक बनाउने अभियानको पनि हो । माघ १२ गतेसम्म सञ्चालन हुने यो मेलामा सहभागी भई आफ्ना पुराना गाडी एक्सचेञ्ज गर्न र नयाँ गाडीको खरिद प्रक्रिया अनुभव गर्न इच्छुक ग्राहकलाई मेलास्थलमा समयमै पुग्न स्वरुमले आग्रह गरिएको छ।

