इटहरी । भोजपुर षडानन्द नपा(५ का हाल काठमाडौँ(६ बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय सरोज कटुवाल र रामेछाप खादेवी गापा(८ धुलेबेसीका हाल काठमाडौँ(१३ बस्ने १९ वर्षीय कृष्ण कार्कीलाई फेसबुक प्रयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । उनीहरूलाई प्रेम सम्बन्ध रहेको बेला खिचिएको महिलाको फोटो फेसबुक म्यासेञ्जरमा पठाएर चरित्रहत्या गरेको पीडितले उजुरी गरेको आधारमा विद्युतीय ९इलेक्ट्रिक० कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सरोज कटुवाललाई पुस २९ गते र कृष्ण कार्कीलाई पुस २८ गते प्रहरीले पक्राउ गरेको हो । उनीहरू दुवैलाई थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको छ । पक्राउ परेका कटुवालले महिलासङ सम्बन्ध रहँदा उनको जानकारी विना खिचेको अश्लील भिडिओ र फोटोहरू महिलाकी बहिनीको फेसबुक म्यासेञ्जरमा पठाएर चरित्रहत्या गरेको उजुरी पीडितले प्रहरीमा दिएकी छन् । पक्राउ परेका अर्का युवक कार्कीले फेसबुक फ्रेण्ड बनेर युवतीसँग प्रेम सम्बन्ध बसेको बेला खिचेको फोटो र भिडिओहरू सम्बन्ध बिग्रिएपछि आफन्त तथा साथीहरूलाई फेसबुक म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको उजुरी पीडितले प्रहरीमा दिएको छ ।


cyber-bureau