रामधुनि / रामधुनीमा तेस्रो मेयर कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ। रामधुनी नगरपालिका ९  को  रङ्गशालामा २०८१ मङ्सिर २९ गतेदेखि पौष ६ गते सम्म आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी  गराइएको छ ।
उदियमान युवा नेपाल रामधुनी ९ को आयोजना तथा रामधुनी नगरपालिका झुम्का सुनसरीको संयोजनमा हुने प्रतियोगितामा सहभागी हुने टिम हरू च्यातयसा फुटबल क्लब दमक झापा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक उदियमान युवा नेपाल रामधुनी, तालतलैया फुटबल टिम इटहरी, एपीएफ फुटबल टिम पकली, साइनो स्पोर्टिङ क्लब मिलसेरिया मोरङ, मेघा फुटबल क्लब विराटनगर मोरङ स्टार एकेडेमी भरौल बराहक्षेत्र रहेको र पत्रकार सम्मेलनमा प्रथम मेयरकप भनिएपनि रामधुनी नगरमा तेस्रो पटक मेयरकप खेल भएकोले यस खेललाई तेस्रो मेयरकपकै रूपमा आयोजना गरिने उदियमान युवा नेपाल का अध्यक्ष महेन्द्रकुमार चौधरीले बताउनुभयो।

१२ लाख २०हजार २०० खर्च इस्टमेटमा गर्न लागिएको कार्यक्रममा नगद पुरस्कार १,००,१००,  दोस्रो पुरस्कार ५०,१०० पुरस्कार राखिएको कार्यक्रमका खर्चका लागि रामधुनी नगरपालिकाले ६ लाख रामधुनी नगरपालिका वडा नम्बर ९ ले १ लाख बजेट बिनियोजन गरेको उदियमान युवा नेपालका सचिव जितेन्द्रकुमार चौधरीले बताउनुभयो।
रामधुनी नगरपालिकामा हुने यो प्रथम रामधुनी मेयरकप फुटबल प्रतियोगिता रामधुनीले खेलाडीहरू उत्पादन गर्न र रामधुनीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले यस खेललाई निरन्तरता दिइने नगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनस्याम चौधरीले बताउनुभयो।
धुरहा फिल्डमा पहिलो पटक उदियमान युवा नेपालले गर्न लागेको कार्यक्रम आयोजकले प्रथम मेयरकप भनिएपनि रामधुनी नगरको तेस्रो मेयरकप खेल भएकोले यस खेललाई तेस्रो मेयरकप भनेर आयोजना हुने रामधुनी शिक्षा तथा खेलकूद शाखा प्रमुख राजन कुमार गेलालले बताउनुभयो ।