भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको कृषकहरूको बेमौसमी तरकारी खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले प्लाष्टिक टनेल वितरण गर्ने कार्यक्रमको सूचना जारी गरेको छ।
आवेदन दिनका लागि पेश गर्नुपर्ने कागजातहरू सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, कृषि समूह/फर्मको दर्ता र नविकरण प्रमाणपत्रको प्रतिलिपी, कृषि समूहको निर्णयको प्रतिलिपी
,स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपी, निवेदकको नागरिकता वा परिचय प्रमाणपत्रको प्रतिलिपी, खेती गरिने स्थानको लालपुर्जा प्रतिलिपी र कार्यक्रम माग सम्बन्धि निवेदन रहेको छ ।
प्रत्येक वडा कार्यालयलाई १०/१० थान प्लाष्टिक टनेल मात्र वितरण गरिने ,आवेदनको अधिकता भएमा अगुवा कृषक, न्यून आय स्रोत भएका विपन्न र पिछडिएको वर्गलाई प्राथमिकता दिइने,
छनौट भएका कृषकहरूले टनेलको घरको आकारको फोटो पेश गर्नुपर्नेछ र अन्य प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन , छनौट भएका कृषकहरूले २५% लागत साझेदारी रकम रु. १ हजार ६ सय २५ रूपैयाँ लाग्ने भएको छ ।
कृषकहरुलाई बेमौसमी तरकारी खेतीलाई ब्यावशायिकरण गरि यस गाउँपालिकाको कृषकहरुलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने मुख्य उद्देश्यको साथ प्लाष्टिक टनेल वितरणको कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष सरोजे बस्नेतले जानकारी दिनुभयो ।
आवेदन यहीँ भदौं ७ गतेसम्म दिइन पाइएको छ । आवेदन दिने प्रक्रिया र अन्य जानकारीका लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


