इटहरी / नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सुनसरी अन्तर्गतको महिका बिभागको संयोजकमा चण्डिका निरौला चयन भएकि छिन् । चण्डिका नेपाल शिक्षक संघ सुनसरीकि महिला उपाध्यक्ष समेत हुन् ।
शुक्रबार इटहरी स्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा आयोजना भएको कार्यक्रमले महिला बिभाग गठन गरेको हो ।
बिभागको सचिवमा सरिता नेपाल ,अर्थ सचिबमा गोमा खत्री चयन भएका छन् । सरिता नेपाल शिक्षक संघको जिल्ला सह- सचिब हुन् । गोमा संघको जिल्ला सदस्य हुन् ।
त्यस्तै सदस्यहरुमा टीका अधिकारी, सुनिता गिरि , कन्चनदेबी यादब सहित नगर समितिका महिला उपाध्यक्ष बिभागको सदस्य रहने छन् । बिभागको ५ सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
यस अगाडिको नेपाल शिक्षक सघ जिल्ला कार्य समिति सुनसरी अन्तर्गतको महिला बिभाग गठन उद्घाटन सत्र कार्यक्रम महिला उपाध्यक्ष चन्डिका निरौलाको सभाध्यक्षता र नेपाली कांग्रेस टेड युनियनका केन्द्रिय उपध्यक्ष ज्योती कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेस समितिका अर्थ सचिब (महिला) इन्दिरा कटुवाल , नेपाल शिक्षक संघ सुनसरी सचिब रोबनराज कार्की , अर्थ सचिब काशिराम चौधरी, सह -सचिब राम कुमार चौधरी, नेपाल शिक्षक संघ इटहरी नगर अध्यक्ष बासु देब कर्ण , संघका जिल्ला सदस्यहरु, लगायत पालिकाहरुबाट शिक्षक संघ महिला नेतृत्व हरुको सहभागीता रहेको थियो । कार्यक्रम नेपाल शिक्षक संघ सुनसरीका सह सचिव सरिता नेपालले संचालन गरेकि थिईन् ।


