इटहरी / नेपाल आदिवासी जनजाति महासंघ इटहरीले ३० औं विश्व आदिवासी दिवसको अवसरमा बृहत झाँकी र्याली सहित सांस्कृतिक नृत्य कार्यक्रम गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिरहाङ्ग राईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ इटहरीको ३० औं विश्व आदिवासी दिवसका अवसरमा संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र संरक्षित क्षेत्र र स्वायत क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो ।
नेपालका आदिवासी जनजातिहरुको मातृभाषा र लोक भाकामा बनेको गीतहहरु, साँकृतिक झाकीहरु स्थानिय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृती सहितको प्रदर्सनी विभिन्न जातिय भेषभूषा सहित इटहरीको संगीत चोकमा विहान भेला भई झाँकी र्याली सहित इटहरी चोक परिक्रमा गरी इटहरी वडा नं ६ मा रहेको तायारिप्ची भवनमा बृहत झाँकी र्याली कार्यक्रम भएको हो ।
आदिवासी जनजाती नेपालमा भएर नै हाम्रो देश विश्वमा देखिएको र यस्लाई संरक्षण गर्नु पर्नेमा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जोड दिनु भयो ।
आदिवासीहरूको भाषा ,धर्म र संस्कृतिलाई जगेर्ना गर्नका निम्ति कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष चिरहाङ्ग राईले बताउनुभयो । कार्यक्रममा स्थानिय ,इटहरीका १७ वटा जातजातिको बाक्लो उपस्थिती रहेको थियो ।


