सुनसरी / नेपालमा हुन लागेको नेपाल कबड्डी लिगकालागी कोशी प्रदेश स्तरीय खेलाडी छनौट सुनसरीमा भएको छ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पर्शुराम वस्नेतको प्रमुख आतिथ्यतामा सुनसरीको इटहरी स्थित रङ्गशालामा आज भएको छनौट प्रतियोगितामा कोशी प्रदेशका तराइ र पहाडि जिल्लाहरुवाट ३५ जना खेलाडि सहभागि भएको थिए । जस मध्ये १५ जना खेलाडिहरु छनौट भएको सुनसरी कब्बडि सघंका अध्यक्ष तरुण यादवले जानकारी दिनु भएको छ ।
छानाैटमा सहभागि खेलाडिहरुलाइ शुभकमाना दिनु हुदै कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्सुराम वस्नेतले प्रदेशका सम्पुर्ण खेल र खेलाडिहरुकालागी आफुले हरसम्भव प्रयास गर्ने बताउनु भयो ।

यहाँ छनौट भएको १५ जना खेलाडि कामठमाण्डौमा हुने राष्ट्रिय छनौट प्रतियोगितामा सहभागि हुने आयोजक कोशी प्रदेश कब्बडि सघंले जानकारी दिएको छ ।
कार्यक्रममा कबड्डी खेलका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी खेलाडीक साथै तेक्वान्दो कोशी प्रदेश संघ अध्यक्ष मनोज बिक्रम शाह, नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य रोहित कोइराला, नेपाल कृकेट संघ सुनसरी अध्यक्ष सिपि पौडेल, नेपाल खेलकुद महासंघ सुनसरी अध्यक्ष बिकल पौडेल लगायत अखिल नेपाल कबड्डी संघ कोशी प्रदेशका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।



