दमक / इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई नेपाल खेलकुद महासंघले सहयोग गरेको छ ।
नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा बसेको कोशि प्रदेश कमिटीको छैठौं विस्तारित बैठकले निर्णय गरेर निर्वाचनमा सहजता होस भनेर सहयोग गरिएको प्रदेश सचिव भिम लिवाङले बताउनुभयो ।

नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको नेतृत्वमा केन्द्रीय सचिव बिप्लब घोस, कोशी प्रदेश अध्यक्ष राजकुमार थापा, एङगल गुरुङ, दिनेश सुवेदी, सिपि पौडेल, बिकल पौडेल लगायत टोलीले उम्मेदवार सुहाङलाई आर्थिक सहितको सहयोग गरेको र आफ्नो सम्पूर्ण शक्ति इलाम केन्द्रीत गरेर सुहाङलाइ जिताउन आफु मातहतका कमिटीलाइ निर्देशन समेत दिएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलामा-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् । संविधान सभाका सभामुख तथा एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको सो स्थानमा हुन लागेको उपनिर्वाचनमा जनताको माग अनुसार जनताले खोजेको स्वच्छ छविका शिक्षित, जुझारु सबैको भावना बुझ्न सक्ने युवा लाई एमालले उम्मेदवार बनाएकोले जित निस्चित देखिएको महासंघ अध्यक्ष बस्नेतले बताउनुभयो ।
एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ हुनुहुन्छ । त्यस्तै नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू र पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार केन्द्र लिम्बूसहित २० जनाले उम्मेदवारी दिएका छन ।
एमालेका उम्मेदवारलाई सो निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा माओवादी, परिवार दल लगायतले समर्थन गरेका छन् ।



