बेलबारीमा  "नयाँ वर्षको शुभकामना आदानप्रदान, खेल सामाग्री वितरण तथा खेलाडी सम्मान कार्यक्रम" सम्पन्न भएको छ ।

नेपाल खेलकुद महासङ्घको बेलबारी नगर कमिटीको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको हो। नेपाल खेलकुद महासंघ केन्द्रिय स्थायी कमिटि सदस्य तथा प्रदेश स-इन्चार्ज रोहित कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपाल खेलकुद महासङ्घको बेलबारी नगर अध्यक्ष डम्बर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बेलबारी नगरपालिका क्षेत्रको प्रतिनिधित्व गर्दै शहीद स्मारक ए डिभिजन लिग विजेता बनेर नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बेलबारी ३ का मौसम सुब्बा, ए डिभिजन लिग विजेता बन्नुका साथै सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पर्न सफल बेलबारी बेलबारी १ का विवेक पौडेल र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने बेलबारी १ कै आईटीएफ तेक्वान्दो खेलाडी मञ्जित राजवंशीलाई  सम्मान गरेको हो । 

FB_IMG_1713838687028

  बेलबारी नगरपालिकालाई राष्ट्रियस्तरमा परिचित गराउने खेलाडीको योगदानको सम्मान र शुभकामना आदानप्रदानका लागि कार्यक्रम गरिएको कमिटीका अध्यक्ष डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । सोही अवसरमा बेलबारीका ११ वटै वडाका फुटबल तथा भलिबल खेलाडीलाई खेलकुद सामग्रीसमेत वितरण गरिएको उनले उल्लेख गरे ।

FB_IMG_1713838662256

यसैबीच, सामाजिक उत्तरदायित्वको सिद्धान्तअनुसार कमिटीले नै बेलबारी १ मा बसोबास गर्ने एकल महिला सुकु ऋषिदेवका लागि घर निर्माण कार्यको अन्तिम चरण मा रहेको छ । दलित समुदायकी विपन्न एकल महिला ऋषिदेवका लागि घर निर्माणको काम धमाधम भइरहेको र निर्माणपछि हस्तान्तरण गरिने कमिटीले जनाएको छ। 

FB_IMG_1713839377687

कार्यक्रम मा नेकपा एमाले मोरङ जिल्ला कमिटि सचिवालय  जन संगठन संयन्त्र प्रमुख रबिन थापा ,बेलबारी वडा न ३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुबेदी , नेपाल खेलकुद महा संघकि केन्द्रिय सचिवालय सदस्य तथा मोरङ जिल्ला कमिटि सदस्य सितल राय लगायत को उपाथिति रहेको थियो।