सुन्दरहरैँचा  / माेरङकाे सुन्दरहरैँचा स्थित  मेयर कप वडा स्तरीय नक आउट फुटबल प्रतियाेगिताकाे फाइनल खेलकाे उपाधी वडा न. ७ ले जितेकाे छ । 

 नगर खेलकुद विकास समितिकाे आयाेजनामा भएको फाइनल खेलमा १ विरुद्ध २ गोल गरी वडा नम्बर ७ ले वडा नम्बर ६ लाई पराजित गरेको हाे । वडा न. ७ काे खेल मैदानमा भएको फुटबल प्रतियाेगिताकाे विजेता टिमले नगद रु  १ लाख ३५ हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ । साथै उपविजेता बनेको वडा न. ६ ले नगद रू ६७ हजार ५ सय रुपैयाँ तथा सिल, मेडल र ट्रफि पाएर चित्त बुझायाे । खेलकाे म्यान अफ द म्याच वडा न. ७ का  विशाल भण्डारी घाेषित भए । उनले नगद रु ३ हजार पाए ।

साथै वडा न. १० का खेलाडी सुदिव खड्का  हाइ स्काेर घाेषित भए । उनले ६ हजार ७ सय नगद प्राप्त गरे । खेलमा दिवस गुरुङ  वेष्ट मिल्ड फिल्डर  भएर ६ हजार ७ सय नगद हात पारे । वेष्ट गाेल्ड किपर  वडा  न. ७ बाट  भक्त परियार  घाेषित  भएर रु ६ हजार ७ सय नगद प्राप्त गरे ।प्रतियाेगितामा वेष्ट प्लेयर अफ टुनामेन्ट वडा न. ६ का खेलाडी   विशाल मगर तथा वेष्ट डिफेन्ड कृष्ण खनाल घाेषित भएर नगद पुरस्कार पाए । 

 फाइनल प्रतियोगितामा विजेता, उपविजेता टिम लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगर प्रमुख केदारप्रसाद गुरागाई , पूर्व राज्यमन्त्री राजकुमार ओझा, राजनितिकर्मी तथा समाजसेवी भक्तिप्रसाद सिटौला , पाेष्टकुमार श्रेष्ठ नगर शिक्षा शाखा प्रमुख लिला ओझा तथा नगर खेलकुद विकास समिति सदस्य सचिव  खड्ग  श्रेष्ठ  लगायतले पुरस्कार वितरण गरेका थिए ।