दुहबी २१ चैत्र / सुनसरीको दुहबी वडा नम्बर ८ मा चैत्र २४ गते शनिबार देखि बिस्णु मा बि को खेलमैदानमा तेश्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता सन्चालन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी झापा , पथरी ११ फुट्बल क्लब मोरङ ,गोल्डेन स्टार क्लब भलुवा , बिरगन्ज युनाइटेड पर्सा , बर्दिबास नगर क्लव बर्दिबास, कस्तुरी फुट्बल क्लव लाहान ,इटहरी फुटबल क्लब सुनसरी र मेमोरी यूवा क्लब सुनसरी अायोजक सहित ८ वटा टिमबिच प्रतिस्पर्धा हुने साथै प्रथम हुने टिमले नगद २ लाख ११ हजार सहित शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद १ लाख ५ हजार ५ सय सहित शिल्ड प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खडगनारायण माझिले जानकारी गराएका छन ।  

बैशाख १ गते सम्म हुने प्रतियोगितामा उत्कृष्ट विद्या तर्फका खेलाडीहरुलाइ समेत पुरस्कृत गरिने अध्यक्ष माझिले जनाए।

पत्रकार सम्मेलनमा प्रतियोगीताको अनुमानित आय ब्यय २२ लाख ५० हजार हुने जनाइएको छ। सहयोगी संघसंस्थाहरुमा मुख्य प्रायोजक एशियण थाई फुड्स प्रा.ली दुहबी सोनापुर ,प्रायोजक सुबिधा ग्यास उधोग दुहबी सुनसरी ,सह प्रायोजक पशुपति अाईरन एण्ड स्टील दुहबी सुनसरी , संयोजक दुहबी नगरपालिका कार्यालय दुहबी सह संयोजक दुहबी वडा न .८ कार्यालय प्राविधिक सहयोगी सुनसरी जिल्ला फुटबल संघ साथै मिडिया पार्टनहरुमा न्यु स्वतन्त्र खबर साप्ताहिक, कोशीपत्र दैनिक,कोचिला खबर,कोचिला एफेम ,उदघोष ,दुहबी टाइम्स ,कोसी प्रेस न्युज पार्क अनलाइन प्रदेश दर्पण, प्रतिक्षण दैनिक मिडिया हरु समेत रहेको सचिव पंचनरायण चौधरीले बताए ।  

प्रमुख अतिथि दुहबी ८का अध्यक्ष तारिकचन्द सरदारले नगरका युवाहरुलाइ खेलकुदको माध्यम बाट रास्ट्रीय पहिचान स्थापित गराउन र लागु औसध दुर्ब्यसनिको सिकार हुन बाट जोगाउन फुट्बल खेलले अहम भुमिका खेल्ने बिस्वास गर्द ऐतिहासिक सोनापुर गोल्डकप आयोजना गरिएको जनाए । मनोरन्जन मात्रै नभै खेलाडीको उर्बरता शृजना गर्ने र छुट्टै पहिचान स्थापित गर्न सोनापुर गोडकप ले कोशेढुङ्गा साबित हुने आफुलाइ बिस्वास लागेको उनले जनाए ।