इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. २ हवाइचौकमा अवस्थित क्रिम्सन एकेडेमीले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित आफ्नो ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । 

इटहरी उपमहानगरपालिका २ नम्बर वडाका  वडाध्यक्ष  माधव कोइरालाको प्रमुख आथित्यता तथा क्रिम्सन एकेडेमी स्कुलका प्रधानध्यापक गणेश कोइरालाको अध्यक्षतामा ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गरिएको हो ।  

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका नानीबाबूहरुले आफ्ना उत्कृष्ट कला बाट अभिभावकलाई आश्चर्य चकित बनाएका थिए। 

आफ्नै फरक शैली र फरक शिक्षण सिकाई व्यबस्थापनका कारण पछिल्लो समय अभिभावक माझ लोकप्रिय विद्यालयको यो बार्षिक उत्सब समेत फरक र आकर्षक शैलीमा मनाएको कुरा अभिभावक सिताराम कार्कीले बताउनु भयो ।

कार्यक्रममा नृत्य, गायन, कमेडी, Cultural Fashion Show, नाटक जस्मा प्रस्तुतिहरु खाएका थिए । यस कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै प्रिन्सिपल गणेश कोइरालाले यस्ता कार्यक्रमले बिद्यार्थीको लुकेर रहेको कला र नेतृत्व क्षमताको बिकास हुने स्कुलका प्रधानध्यापक गणेश कोइरालाले बताउनुभयो ।

त्यस्तै अभिभावक बिद्यालय र बिद्यार्थीलाई एकै ठाउँमा मिलाएर सम्बन्ध प्रगाढ बनाउने संगमको रुपमा अभिभावक दिवसलाई आफूले लिएको कुरा सस्थाका संयोजक प्रकाश खतिवडाले बताउनुभयो। कार्यक्रममा अभिभावकलाई हण्डी फोर र म्यूजिकल चेयर जस्सा खेल समेत खेलाएर मनोरञ्जन गराइएको थियो ।IMG_20240310_220112

इटहरी उपमहानगरपालिका २ नम्बर वडाका  वडाध्यक्ष  माधव कोइरालाले नानीबाबूहरुले कार्यक्रम संचालन गरेको कुराको प्रशंसा गर्दै प्रगतिको कामना गरे ।

कार्यक्रमका बिशिष्ट अतिथीमा के एम सि ए सुनसरीका अध्यक्ष हरी आचार्यले बाल मनोविज्ञानले कसरी कार्य गर्छ र बिद्यार्थीप्रति अभिभावकको के दायित्व रहन्छ भन्ने बिषयमा आफ्ना भनाई राख्नुभएको थियो ।IMG_20240310_220125