इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई पाठ्यपुस्तकका साथै अतिरिक्त क्रियाकपालमा सहभागी गराएर व्यवहारिक ज्ञान समेत प्रदान गर्दै आएको इटहरी ४ मा रहेको समता स्कुलले आफ्नो १२ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुखको आथित्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । विद्यालयका विद्यार्थीहरूले विभिन्न जात जातिका नृत्य, गायन , नाच प्रस्तुति देखाइएका थिए ।
नगरले शिक्षालाई जोड दिएर अगाडि बढेका संस्थागत र सामुदायिक विद्यालयलाई समान व्यवहार गर्दै अगाडि बढ्ने नगर प्रमुख हेमकर्ण पौडेलले बताउनु भयो ।
कार्यक्रममा उत्कृष्ठ अभिभावक डिकमाया राई , वर्षको उत्कृष्ठ विद्यार्थी कक्षा ९ की सिवानी लम्साल , अनुशासित विद्यार्थी कक्षा ३का सगेत सुब्बा इमान्दार विद्यार्थीका रुपमा आशा राई लगायतलाई पुरस्कृत गरियो । विद्यालयमा दश वर्ष देखि निरन्तर शिक्षा प्रदान गर्दै आएका शिक्षक ,शिक्षिकाहरु लाई पनी सम्मान गरिएको छ ।
नियमित पढाइका सँगै अतिरिक्त विभिन्न क्रियाकलापले गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रममा इटहरी ४ का वडा सदस्य अमृत बहादुर बस्नेत , समता स्कुलका विभिन्न जिल्लाका शिक्षक , बुल्स ११ क्लब इटहरीका उपाध्यक्ष रामु राई ,अभिभावक , विद्यार्थी लगाएतको सहभागीता रहेको थियोे ।
वि.सं.२०६७ सालमा उत्तमकुमार सञ्जेलले न्युनतम शुल्क तिरेर सहज रुपमा विद्यार्थीहरुले अध्ययन गर्न पाउने भन्ने उद्धेश्यले स्थापना गरेको समता स्कुलको संरक्षकका रुपमा बरिष्ठ हास्य कलाकारद्धय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन ।


