इटहरी / नेपाल युवा उ‌द्यमी मंच सुनसरी द्वारा 'स्वास्थ्यकोलागि खेलकुद, राष्ट्रियकोलागि खेलकूद " भन्ने नाराका साथ कर्पोरेट फुटसल बास प्रतियोगिता हुने भएको छ ।

बुधबार नेपाल युवा उ‌द्यमी मंच सुनसरीले कर्पोरेट फुटसल बासको विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गरि फाल्गुन २५ गतेदेखि २८- पाथिभारा फुटसल, कान्यबाटिकाको खेल मैदानमा आयोजना हुने जनाएको छ ।

प्रदेश १ बाट बितीय संस्थाहरुमध्य नक्ष्मीसनराइज बैंक कुमारी बैंक, प्रभु बैंक एवेरेस्ट बैंक, NIC ASIA, नबिल बैंक, एनएमबि बैंक, NYEF सुनसरी (बाट दुई टिम), NYEF बिराटनगर तथा NYEF झापाबाट कुल १२ टीम सहभागी हुने छन् ।

बिजेता तथा दोस्रो स्थानमा आउने टीमलाइ आयोजकको तर्फबाट प्रतिस्पर्धी टिममा प्रथमलाई नगद रु १,००,००० तथा उपविजेता टिमलाई नगद रु ५०,००० गरिनुको साथै प्रतियोगितामा अब्बल हुने. गोलरक्षक स्ट्राइकर तथा प्रतियोगिताभरको सर्वात्क्रिस्ट खेलाडीलाई रु १०,००० क्रमस दिने व्यवस्था रहेको आयोजकले जनाएको छ । साथै ट्रोफी मेडल प्रदान गरिने भएको छ ।

प्रायोजकहरु साथ सह-कार्यमा मुख्य प्रायोजक BYD, विशेष प्रायोजक NABIL BANK, GORAKHA HOTEL, सह- प्रायोजक NEPOVIT तथा NEEK(MC TRADING CONCERN), प्रायोजकहरुमा POWER PUNCH, BIGMASTER, रहेका छन मेडिकल पार्टनरमा इटहरी मेडिकल हल रहेको जनाइएको छ 

कार्यक्रममा दर्शक नि-शुल्क प्रवेश गर्न सक्ने छन्  र प्रतियोगिताको पश्चात बचत गर्न सकिएको धन राशीबाट इटहरी उपमहानगरपालिका पिछडीएको बिद्यालय हरुमा खेलकुद सामग्रीहरु वितरण गरिने जानकारी गराईको छ । इटहरी उपमहानगरपालीकामा खेलकुदको विकासले सहयोग गर्ने भएको छ भने  ६ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।