इटहरी / इटहरीमा रहेर सञ्चालन हुदै आएको एस आइ युके संस्थाले एक दिने शैक्षिक मेला गरेको छ ।
नेपाली विद्यार्थीहरुलाई बेलायत अध्ययनका लागि सहजिकरण गर्दै आएको इटहरीस्थित सेन्ट्रल प्लाजाको तेस्रो तलामा अध्ययनमा एस युके जान चाहनेका लागि एक दिने शैक्षिक मेला गरेको छ ।
एस आइ युके कन्ट्रि म्यानेजर नन्दन सिंहले विद्यार्थीहरूलाई परामर्श गराएका थिए । परामर्शमा १ सय बढी विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा जानकारी गराइएको संस्थाका सञ्चालक मदन अधिकारीले जानकारी दिए ।
उच्च शिक्षाको लागि युके , क्यानडा , अष्ट्रेलिया , आयरल्यान्ड , युसए जस्ता देशका बारेमा सम्पुर्ण जानकारी तथा परामर्श बाट विद्यार्थीहरु लाभान्वित भएको कुरा संचालक अधिकारीले बताए ।
उक्त वान टु वान परामर्शबाट विद्यार्थीहरुले युके विद्यार्थी भिसासम्बन्धि विभिन्न सेवाहरु जस्तै, कोर्स छनोट, शुल्क, छात्रवृत्ती, रोजगारीको अवसर, भीसा प्रोसेसिङ, विश्वविद्यालय छनोट आदि विषयमा जानकारी लिन पाएका संस्थाका अर्का संचालक गोपाल निरौलाले बताए ।


