सिताराम चन्द्रवंशी
सुनसरी / सुनसरीको बराहक्षेत्र १० मदन आश्रित चौतरो प्रकासपुर बजारमा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रक्त संकलन गरेको छ ।
रक्तसन्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी ,सुनसरी द्वारा रक्त संकलन ले ५५ प्रिन्ट रक्त संकलन गरेको हो । यस सहकारीको प्रत्येक स्थापन दिवस को उपलक्ष्यमा सरसफाइ , रक्तदान ,स्वास्थ सिविर जस्ता अन्य सामाजिक कार्यमा निरन्तरता दिदै आइरहेको र भावी दिनहरुमा पनि सामाजिक कार्यमा र सामाजिक र सार्वजनिक सेवामा निरंतरता दिने कुरामा सदैव तत्पर रहिरहने भनी पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी ले बताउनु भयो ।
रक्तदान कार्यक्रममा सभापतिको रूपमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी रहनु भएको थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगर प्रमुख रमेश कार्की रहनु भएको थियो । बिशिस्ट अतिथिको रूपमा बराहक्षेत्र नगरपालिका१०का वडा अध्यक्ष तेज बहादुर गुरुङ रहनु भएको थियो ।
अतिथिहरुमा नवदुर्गा हस्पिटल प्रा.लि का बाट आकाश न्याैपाने , प्रकाश माध्यमिक विद्यालयका प्रध्यानध्यापक चुडामणी खनाल , रामधुनी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष गणेश कुमार पौडेल ,धराहरा कृषि सहकारी संस्था का अध्यक्ष केशब राई , स्थानीय प्रहरी चौकि प्रकासपुरबाट कृष्ण कुमार श्रेष्ठ ,सरस्वती महिला बचत सहकारी प्रतिनिधि , महिला बहुउद्देश्य सहकारी प्रतिनिधि , नेपाल रेडक्रस सोसाइटी बाट प्रविधिको रूपमा सुरेन्द्रप्रसाद शाह , सोमनाथ भन्डारि र रामनारायण पन्डित लगाएत पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितीका पद अधिकारिहरु , स्थानीय समाजसेवि , पत्रकार, बौद्धिक एवं बौद्धिक ब्यक्तीहरुको उपस्थितिमा यस संस्थाका सचिब रुपनारायण दाहालले औपचारिक रूपमा रक्तदान कार्यक्रम संचालन गर्नु भएको थियो ।
साथै यस संस्थाको १५ औं वर्षिक दिवस प्रमुख अतिथि द्वारा केक काटेर रक्तदान कार्यक्रम उद्घाटन गर्नु भएको हो । स्थापना दिवसको उपलक्ष्यमा गरिएको रक्तदान कार्यक्रममा साथ र सहयोग गरिदिनु हुने पिपलबोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पुर्ण सेयर सदस्य ,संन्चालक समिति ,शिक्षा समिति ,उपसमिति र स्थानीय सेवाग्राही सुभचिन्तकहरु प्रती पिपलबोटे बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिले धन्यवाद ज्ञपन समेत प्रदान गरेका थिए ।


