सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ३ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
बर्जु गाँउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख अतिथि बर्जु गाँउपालिकाकाका अध्यक्ष जिवछ कुमार राय उपस्थितिमा सार्वजनिक सुनुवाइ गरिएको थियोे ।
वडा कार्यालयको आर्थिक वर्ष २०७८०/८१ को पहिलो र दोस्रो चौमासिकमा गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरिएको हो ।
वडा सचिव अशोक कुमार यादवले वडाले गरेका काम गतिविधिहरू प्रस्तुत गरेका थिए । वडाको स्विकृत योजनाहरुको ४० प्रतिशत कार्य सम्पन्न भएको वाड सचिव यादवले बताए ।
स्थानीय बासिन्दाले बाटो ,शिक्षा ,स्वास्थ ,कृषि, बालबालिका , जन्म दर्ता मृत्यु दर्ता , वडाले दिने सेवाको विषयमा प्रश्न उठाएका थिए ।
प्रश्नको जवाफ वडा सचिव अशोक कुमार यादव, बर्जु गाउँपालिकाका प्रशासनिक शाखा प्रमुख सन्तोष बञ्जरा , वडा अध्यक्ष विनोद कुमार गुरुङ,,गाउँपालिका अध्यक्ष जिवछ कुमार रायले स्थानीयले सोधेका प्रश्नको उत्तर दिएका थिए ।
वडालाई विकास निर्माण गर्न गाउँपालिका , प्रदेश सरकार , संघिय सरकार बाट बजेट ल्याएर वडालाई विकास निर्माण तर्फ अगाडि बढाउने वडा अध्यक्ष गुरूङले बताए । वडाले दिने सेवालाई अझै प्रभावकारी वडाका जनप्रतिनिधि कर्मचारी लागि पर्ने वडा अध्यक्ष गुरूङको भनाइ छ ।
गाउँपालिका अध्यक्ष जिवछ कुमार रायले भने स्थानीयले उठाएका राम्रा नराम्रा विषयलाई सामेल गरेर अगाडि लागेन बताए । गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने अध्यक्ष रायले बताए । यि विषयका प्रश्नको समाधान गर्ने जिकिर गरे ।
कार्यक्रममा वडाका कर्मचारी ,शिक्षक , स्थानीय ,संघ संगठनका पदादिकारी, स्वास्थ्यकर्मी , विभिन्न राजनीति दलका प्रतिनिधि , प्रहरी प्रशासन लगाएतको सहभागीता रहेको थियोे ।


