इनरूवा / प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्य नेतृत्वको टोलीले इनरूवा कौवाखोज सडकको अनुगमन गरेको छ। सुक्रवार टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो ।

पुर्व मुख्यमन्त्री नेतृत्वकाे टाेलीले निर्माणाधीन इनरूवा नगरपालिका, हरिनगर हुदै देवानगंज हुदै भारतीय सिमान कौवाखोज सम्म ५२ करोड सत्तरी लाख बहत्तर हजार ६ सय सन्तानब्बे हजारको लागतमा बन्दैगरेको २२ किलोमिटर सडक अनुगमन गरेको हो । निरीक्षणका क्रममा निर्माण कम्पनीलाइ स्तरीय र छिट्टै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ । लामो समयदेखि धुलो, हिलो सडकमा हिड्न बाध्य जनताको असुबिधालाइ ध्यानमा राख्दै आवश्यक बजेटको व्यवस्था गरिएको प्रतिनिधि सभा सदस्य आचार्यले बताउनुभयाे ।

IMG_20240301_122215

अनुगमन टोलीमा प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्यसहित सुनसरी प्रदेश सभा सदस्य तथा पुर्व उधोग कृषि राज्यमन्त्री राम प्रसाद महतो, प्रदेश सभा सदस्य निरा खनाल इनरूवा नगरपालिका पुर्व मेयर खेमराज पोख्रेल, नेकपा एमाले सुनसरी सचिव पर्सुराम यादव, नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोस, लोकतान्त्रिक थारु संघ केन्द्रीय सचिव अनिल राजधामि सहित स्थानीय समाजसेवी, बुद्धिजीवी स्थानीय नागरिकको उपस्थिति रहेको थियो । 

अनुगमनका क्रममा टोलीले बिभिन्न ग्रामीण क्षेत्रका नागरिकको समस्याका जानकारी लिने समेत गरिएको छ ।

IMG_20240301_122257