इटहरी / ह्युमेन नेपाल धनगढी कैलालीको आयोजना  तथा रामधुनी नगरपालिकाको सहकार्यमा ६ महिने  मनोसामाजिक मनोबिमर्शकर्ता तालीम सुरु भएको छ । 

विहिवार यूवाविकास केन्द्रको भवनमा रामधुनी नगरपालिकाका उपप्रमुखको प्रमुख आतिथ्यतामा तालिकमाको समउद्घाटन गरिएको थियो । विशेषत बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई तालिम दिएको थियोे ।

रामधुनी नगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको हो । ३० जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिनका लागि सहभागी  छन् ।  साधाना निरौला, विनोद पौडेल, उमेश शिवाकोटी, उमेश रेग्मी प्रशिक्षण रहनु भएको छ । 

उक्त तालिम पश्चात तालिम प्राप्त व्यक्तिले मनोसामाजिक स्वास्थ्यको बारेमा बिशेष ज्ञान तथा सिप हासिल गरि समस्यामा रहेका व्यक्तिहरुलाई पहिचान गरि आफुले प्राप्त ज्ञान, सिप र दक्षता अनुसार मनोसामाजिक सहयोग प्रदान गरि समस्या समाधानका लागि सहयोग पुर्याउदछन भन्ने उदेश्यका साथ उक्त तालीम ह्युमेन नेपालका सल्लाहकार अशेष रेग्मीले बाताउनु भयो  ।

रामधुनी नगरपालीका बालबालिकाहरुमा आत्महत्या गर्ने क्रम बढेको र सो तालिमले आत्महत्याका घटना न्युनिकारण गर्ने विश्वास उपप्रमुख तारा थापाले लिनुभएको छ। 

ह्युमेन नेपालले मनोबिमर्शकर्ताको क्षेत्रमा काम गर्दै आएको र कोरोना पछि मनोसामाजिक क्षेत्रमा समेत काम गर्दै आएको ह्युमेन नेपालका अध्यक्ष  उमेश शिवाकोटीले बताउनु भयो ।

उमेश शिवाकोटीको अध्यक्षतामा सञ्चालन गरिएको तालिममा रामधुनीनगरपालिका उप्रमुख  तारा थापा लगायतको उपस्थितिमा तालिम कार्यक्रम सुरु गरिएको छ ।

सो तालिममा ह्युमेन नेपालका सल्लाहकार अशेष रेग्मी ,  माया घर नेपाल इटहरीकि अध्यक्ष सुवद्रा प्याकुरेल ,रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र पौडेल रामधुनी महिला तथा बालबालिका शाखा प्रमुख मोनाश्री आचार्य लगाएत तालिम कर्ताको सहभागीता रहेको थियोे ।IMG-20240229-WA0043