इटहरी / कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक समापन भएको छ ।
गत फागुन १० गतेदेखि इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन र बिक्रि वितरण गरेको इन्फोटेक प्रदर्शनी मेला समापन भएको छ ।
सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री बिक्रीवितरण , विभिन्न कन्सलटेन्सिहरूको परामर्श , शिक्षा सम्बन्धि ज्ञान र स्वास्थ्यको सेवा रहेको थियोे ।
सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठनको सहभागीता सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरुले करिअर परामर्श समेत लिएका थिए ।
इन्फोटेक प्रदर्दशनीले स्थानीय व्यक्तिलाई सूचना तथा संचार प्रविधिको सामानले सजिलो भएको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताउनुभयो ।
प्रर्दशनी फलदायक भएको क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले जानकारी दिए । इन्फोटेक प्रदर्शनीमा ६५ वट स्टल राखिएका थियोे । ईन्फोटेक प्रदर्शनीमा सहभागी स्टेलहरूलाई मायाको चिनो समेत दिएको थियोे ।
सो समापन कार्यक्रममा क्यान महासंघ महासचिव चिरञ्जीवी अधिकारी, क्यान सुनसरीका सचिव शम्भु धमला ,क्यान सुनसरीका संस्थापक अध्यक्ष कमल तिम्सिना ,पुर्व अध्यक्ष बलराम भण्डारी ,म्याक्सिमा हिकबिन्सका प्रबन्धक निर्देशक प्रमोद अधिकारी क्यानका प्रतिनिधि लगाएतको सहभागीता रहेको थियोे ।


