सुनसरी / जल, जङ्गल, जमिन, जनजाति र आम नागरिकलाइ जोडेर नयाँ योजना बनाउन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्किको पैदल यात्रा निरन्तर जारी छ ।

फागुन ९ गतेबाट हात्ती प्रभावित क्षेत्रका नागरिकको समस्या बुझ्न निस्कनुभएका मुख्यमन्त्री कार्कीले यात्राका क्रममा सुनसरीको रामधुनी जङ्गल क्षेत्रमा पुग्नुहुँदा सञ्चारकर्मीहरुलाई सो कुरा बताउनु भएको हो ।

यात्राका क्रममा हात्ति प्रभावित क्षेत्रका मासिनसहरुको समस्या बुझ्न र यसको समाधानको वाटो समेत पहिल्याउने क्रममा  हात्तिको प्रभाव मात्र नभएर चुरे क्षेत्रमा भुमिगत जलको समेत समस्या देखापरेको मख्यमन्त्री कार्किले बताउनु भयो । पैदल यात्राका क्रममा देखा परेका समस्याको दीर्घकालिन समाधानको नीति प्रदेश सरकारले बनाउन लागेको समेत मुख्यमन्त्री कार्किले बताउनुभयो ।

झापाको मेचीनगरस्थित बाहुनडाँगीबाट सुरु भएको पैदलयात्रा २ सय ४३ किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा फागुन १६ गते कार्यक्रम समापन गर्ने योजना रहेको प्रेस संयोजक खेमराज सापकोटाले  जानकारी दिनुभयो । पदयात्राले तय गरेको उक्त क्षेत्र हात्तीको परम्परागत बाटो मानिन्छ । दैनिक झण्डै ५० किलोमिटर दुरी पार गरिरहेको मुख्यमन्त्रको टोलीलाई बाटोमा पर्ने स्थानीय तहका जनप्रतिनिधि र वन समितिका पदाधिकारीहरुले साथ दिने गरेका छन् ।IMG_20240225_131649