इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीको ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह तथा पुरस्कार वितरण समापन भएको छ ।

जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त  क्रियाकला समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको स्ववियु कप २०८०’ पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न भएको छ ।

 पहिलो दिन उद्घाटन खेलमा प्राध्यापक भर्सेस पुर्व स्ववियु सदस्य र हालका स्ववियु सदस्य बिच डोरी तान प्रतियोगिता रोचक भएको थियोे । त्यस्तैगरि पाँच किलोमिटरको जेएमसि रन भएको हो ।

 अन्तर कलेज स्तरीय फुटबल प्रतियोगितामा भने महेन्द्र बहुमुखी क्याम्पसले जित हात परेको थियो ।  सअन्तर सेक्सन विच भलिबल, डोरी तान, कबड्डी लगायतका खेल भएका थिए । भने प्रतिसप्रधात्मक खेलहरु टेबलटेनिस, बुद्धिचाल, छेलो, हाइजम्प,  लङजम्प, लगायतको खेलहरुमा मा उपाधी हात पर्ने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएर्दै स्ववियु कप २०८० सप्पन्न गरिएको स्ववियु सभापति सहदेव काफ्लेले बताउनु भयो  । 

 सो कार्यक्रमको अध्यक्ष स्ववियु सभापति सहदेव काफ्ले हुनुहुन्थ्यो भने प्रमुख अतिथि जनता क्याम्पस संचालक समिति अध्यक्ष विकास केसी, हुनुहुन्थ्यो । अतिथिहरु क्याम्पस प्रमुख डा.प्रा.  गीता अधिकारी, सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्ले, स्ववियुका पदाधिकारी,  प्राध्यापकहरु, विभिन्न सघ सगठनका प्रतिनिधि, विधार्थीहरु लगायतको उपस्थितिमा पुरस्कार वितरण तथा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह तथा पुरस्कार वितरण समापन गरिएको हो ।IMG_20240225_093054