इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा जन एकता आमा समुहको आयोजनामा एक महिने नौमति पञ्चेबाजा तालिमको आयोजना गरिएको छ ।
नेपाली समाजमा हराउँदै गएको बाजालाई संरक्षण गर्न इटहरी वडा नम्बर १७ को जन एकता आमा समुहले २० जनालाई एक महिने नौमति पञ्चेबाजा बजाउने सम्बन्धि तालिम सूरू गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएको इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगित कुमारी चौधरीले इटहरी सरकारको सामाजिक शाखा बाट तालिम आयोजना गरिएकाले पञ्चेबाजाको संरक्षण हुने उहाले बताउनुभयो ।
परम्परागत देखि चलि आएको नौमति पञ्चेबाजा बाजाने चलन हराउदै गएकाले तालिम आयोजना गरिएको जन एकता आमा समुहका अध्यक्ष विष्णु कुमारी खड्काले बताउनुभयो ।
लोप हुन लागेको बाजालाई उत्थान गर्ने पर्छ भन्ने उदेश्य तालिम आवश्यक रहेको लाटि माई मन्दिरका नि वर्तमान तथा समाजसेवी बुद्ध कुमार राउतले बताउनुभयो ।
स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरूलाई बाजा बजाउने तालिम प्रशिक्षक विद्या घिमिरेले गराउने हुनुभएको छ । लाटि माई मन्दिरमा बाजा बजाउने तालिम गराउने भएको हो ।
सो तालिम उद्घाटन कार्यक्रममा लाटि माइ टोल विकास संस्थाका अध्यक्ष रोसन बन्जरा, लाटि माई टोल विकास संस्थाका उपाध्यक्ष सावित्रा खड्का,जन एकता आमा समुहका सदस्य विष्मा बस्नेत ,
समाजसेवी विष्णु श्रेष्ठ ,स्थानीय टोल विकास संस्थाका प्रतिनिधि ,बुद्धिजीवी समाजसेवी लगाएतको सहभागीता रहेको थियो ।२०७५ साल देखि स्थापन भएर सामाजिक कार्य देखि आर्थिक सहयोग गर्दै आएको छ ।


