इटहरी / इटहरी युथ ओपन क्र्युले रोभर/रेन्जर हरुलाइ पहिला देखि चलिआएका तर आधुनिकताले गर्दा हाल हराउदै गइरहेका परम्परागत कुरा हरूलाई ताजा गराई ब्यवहारीक सिक सिकाउने उदेश्यले प्रयोगात्मक तरिकाबाट जांतो चलाउने,ढिकी कुटने,टपरा गास्ने साथै कोदो ,फापरकोरोटी,सिन्किको अचार,तिलको अचार र टमाटर धनियाको अचार बनाउन सिकाइएको छ । 

शनिबार रास्ट्रिय माध्यमिक बिध्यालयमा ३५ जाना रोभर/रेन्जर र ५ जाना स्काउटरको सहभागीतामामा सो कार्यक्रम गरेको हो । लोप हुदै गरेका ढिकी जातो जस्ता कुराको पनि ज्ञान दिनुपर्ने यस्ता कार्यक्रम गर्ने गराउने  कार्यक्रमका अध्यक्ष फणिन्द्र प्र. दाहालले बताए ।IMG-20240224-WA0033

“हामी आधुनिक युगमा भएपनि पुराना परम्पराहरू बिर्सिनुहुदैन त्यसैले किताबि ज्ञान संगसंगै ब्यबहारिक ज्ञान पनि त्यतिनै आवश्यक हुने स्काउटर पुष्पा कट्वाल बताइन ।

कार्यक्रमको अध्यक्षता अध्यक्ष फणिन्द्र प्रसाद  दाहाल थिए भने  इटहरी वडा नम्बर -१ का अध्यक्ष रतन कार्कीको प्रमुख अतिथित्यता रहेको थियो ।  प्रधानध्यापक  तथा क्र्युका सल्लाहकार सरन बस्नेतले अवलोकन गरि सर सल्लाह दिए ।

शिक्षिका बन्दना दाहाल बस्नेतले रोभर रेन्जर हरुलाइ हौसला दिदै आगामी यस्तै कार्यक्रमको खर्च ब्यहोर्दिने भन्दै प्रोत्साहन पुरस्कारको घोषणा गरे । किताबी ज्ञान भन्दा धेरै फरक रहेको र धेरै रमाईलो तरिकाबाट सिकेको कुरा सहभागिले बताए ।IMG_20240225_201030