इटहरी / इटहरी २ का बिकास भण्डारी संगित प्रतिष्ठान टोल बिकास सँस्थाको अध्यक्षमा चयन भएका छन्। शनिबार भएको टोलबासीहरुको भेलाबाट भण्डारी अध्यक्षमा चुनिएका हुन्।
इटहरी २ स्थित संगित साधना प्रतिष्ठान इटहरीमा भएको टोलबासीहरुको भेलाले सँस्थाको उपाध्यक्षमा दिपेन्द्र खत्री, सचिव बालकुमार बिष्ट, कोषाध्यक्ष आनन्दकला राईलाई चयन गरेको छ ।
सँस्थाका सदस्यहरुमा पदम बहादुर बुढाथोकी, अर्जुन निरौला, उर्मिला दाहाल, राजन अधिकारी र बिनिता कार्की चुनिएका हुन्।


